धनगढीमा कोरोना भाइरस परीक्षण गर्ने उपकरण जडान गरिदै

कैलाली – कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने उपकरण जडान कार्य सुरु भएको छ ।

संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानको काम भइरहेको अस्पतालका प्रवक्ता डां जगदिश जोशीले जानकारी दिए ।

‘अहिले पनि जडानको काम भइरहेको छ,’ उनले भने, ‘केही प्राविधिक काम सकेपछि बिहीबार साँझसम्मबाट स्याम्पल परीक्षण सुरु हुने छ । ’

सेती प्रादेशिक अस्पतालमा विज्ञको टोलीले उपकरण जडान गरिरहेको उनले जानकारी दिए । एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ । उपकरण जडान पछि कोरोना भाइरस परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्