खुला सामरिक लेख रचनामा उत्कष्ट हुनेलाई नेपाली सेनाले २ लाख पुरस्कार दिने

काठमाडाैं  – नेपाली सेनाले हरेक बर्ष झै यस बर्षपनि नेपालका बौद्धिक व्यक्तिहरुबीच खुला सामरिक लेखरचना प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा तथा रणनीति जस्ता राष्ट्रिय महत्वका सामरिक विषयहरुमा छलफल र सोचको विकास गरी राष्ट्रिय सुरक्षालाई मजबुत बनाउदैँ राष्ट्रिय एकता प्रवर्धन गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले हरेक बर्ष यस्तो कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

एक सूचना जारी गर्दै लेख रचनाका लागि मिति तय गरेको छ । उक्त लेख रचना महाशिवरात्री तथा सेना दिवस २०८० को अवसरमा लेखरचनाहरुको संगालो युनिटी जर्नलको पाँचौँ संस्करण प्रकाशन, विमोचन गर्नुका साथै पुरस्कार वितरण हुने जनाएको छ । जसमा पुरस्कारको राशि प्रथम हुनेलाई दुई लाख, द्धितीय हुनेलाई रु एक लाख पचास हजार र तृतीय हुनेलाई रु एक लाखको व्यवस्था गरेको छ भने सान्त्वना स्वरुप प्रति व्यक्तिलाई रु दश हजार दिने सूचनामा उल्लेख गरेको छ ।

आउदो असार २८ गतेसम्म आवेदन पेश गर्ने र लेख रचनाको तीन शिर्षकहरु र लेखकको विस्तृत परीक्षय उपलब्ध गराउने भनिएको छ । यस्तै साउन ४ गते शिर्षकहरुको मोडुलेशन गरी लेखकलाई जानकारी गराइने छ भने मंसिर ८ गते लेख रचना प्राप्त गरी संकलन गर्ने तालिका तय गरेको छ । जसमा लेख रचना विशुद्ध रुपमा अराजनैतिक हुनुपर्ने, लेख रचना तीन हजार ५ सय देखि करिब पाँच हजार शब्दको हुनुपर्ने, लेख रचना नेपाली र अंग्रेजी भाषामा मात्रै हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै लेख रचनाहरुको विषयवस्तुहरु समेत तोकिएको छ । राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्व, बदलिदो सुरक्षाका आयामहरु, सैनिक कुटनीति, खेलकुद, प्रकृति संरक्षणमा नेपाली सेनाको योगदान, राष्ट्रिय सम्पदा तथा संस्कृति संरक्षण विषयमा लेख तयार पार्नुपर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्