दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते

दैलेख – दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् ।

राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइतेहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ । डाक्टरका अनुसार चारै जनाको अवस्था खतरामुक्त रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्