आईपीएल : सनराइजर्स हैदराबादलाई हराउँदै गुजरातले बनायो प्लेअफकाे स्थान बलियो

काठमाडाैं  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरातले प्लेअफकाे स्थान बलियो बनाएको छ ।

गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

जसमा हैदराबादको तर्फबाट हेनरिच क्लासेनले सर्वाधिक ६४ रन बनाए । त्यस्तै भुवनेश्वर कुमारले २७ रन जोडे । हैदराबादका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान ४/४ विकेट लिए । यस दयालले एक विकेट लिए । शुभमन गिलले १ सय १ रनको शतकीय पारी खेले । त्यस्तै साई सुदर्शनले ४७ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जितसँगै गुजरात १३ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा छ भने हैदराबाद १२ खेलमा आठ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्