वडास्तरीय बाल भेला कार्यक्रम सम्पन्न

बझाङ – वडास्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका वडा नमबर ११ को आयोजना तथा प्रगतीशिल युवासमाज /वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा उक्त कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो । बाल संरक्षण परियोजना अन्तरगत स्थानीय सरकारको योजना निर्माणमा बालबालिकाको सहभागीता गराइ उनीहरुको माग सम्बोधन गरीनुपर्ने भन्दै उक्त कार्यक्रमको आयोजना गरएिको हो ।

कार्यक्रममा बिषयवस्तुको बारेमा जानकारी गराउदै फिल्ड अधिकृत बिनोद थापाले योजना निर्माण गर्दा बालबालिकालाइ अनिवार्य सहभागीता गराउनुपर्ने प्रावधान रहेकाले स्थानीय सरकाले उक्त कुरामा ध्यान दिदै यस्ता योजना निर्माण गर्दा बालबालिकाको सहभागीता अनिवार्य गर्नुपर्ने र माग सम्बोधन गर्नु पर्ने बताए । यस्तै कार्यक्रममा जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन बहादुर थापाले आफु निर्वाचित भैसकेपछि बालबालिकाको हक अधिकारको क्षेत्रमा गम्भिर रहेको बताए । साथै उनले आफुले योजना निर्माण गर्दा बालबालिकालाइ नछुटाउने र उनीहरुको हक अधिकारकोलागि आफु सम्म पुगेका बालबालिकाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । जयपृथ्वी नगरपालिका वडा नमबर ११ का वडा अध्यक्ष थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा सचिब कबिन्द्र बुढा , वडा सदस्य पदम राज जोशि उपस्थित रहेका थिए । सामाजिक परिचालक राम बहादुर सार्किले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ११ का बाल क्लब सञ्जालका ३० जना बालबालिकाको उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्