‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ’ : मेयर बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टाचार भएको हेर्न नसक्ने बताएका छन् । मेयर साहले समाजिक संजाल मार्फत यस्तो बताएका हुन् । ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगरपालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित ।’ मेयर बालेनले भने, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’
मेयर बालेनले प्रमाण सहित आफुलाई खबर गर्न समेत आग्रह गरेका छन् । उनले प्रमाण पठाउनेको नाम गोप्य राखिने समेत बतएका छन् । ‘हामीलाई नम्बरमा ह्वाट्सएपमा प्रमाण सहित सम्पर्क गर्न सक्नुहुनेछ, यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्