पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा पुगे

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्