बझाङको जयपृथ्वी नगरपालिकाले एक वर्षको अवधिमा के-के गर्‍यो ?

बझाङ – जयपृथ्वी नगरपालिकाले दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिहरुको एक बर्ष पुगेको अवसरमा आफुहरुले निर्वाचित भएपछि गरेका कामहरु सार्वजनिकगरेका छन् ।

सोमबार नगरपालिकाले गरेका कामहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा भएको छ। निर्वाचित भएको एक वर्षमा गरेका विकास निर्माणका गतिविधी र क्रियाकलाप जनसमुदाय सम्म पुर्याउन पत्रकार सम्मेलनको आयोजना गरिएको नगर प्रमुख चेतराज बजालले जानकारी दिए ।

आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार धेरै जस्तो कामहरु सम्पन्न गर्न सफल बजालको दाबी छ। २०७८सालमा असोजमा आएको बेमौसमी बाढिले क्षति पुर्याएका सडक, पुल र खानेपानी मर्मत सम्भार गरेको र विकास निर्माणको कामलाई छिटो छरितो तरिकाले सम्पन्न गर्न नगरपालिकाले जेसिबि खरिद गरेको उनले बताए। यस्तै जिल्लामा रहेको मुख्य समस्याको रुपमा रहेको स्वास्थ्य अवस्था लाई सुधार गर्न नगरपालिकाले एम वि वि एस पढाउने कार्यक्रमको थालनि गरेको पनि नगर प्रमुख बजालले जानकारी दिए । नगर प्रमुख बजालका अनुसार  महिलाहरुको समस्यालाइ सामाधान गर्ने महिला बिकास समिति गठन गरेको छ। बिभिन्न बिद्यालयको फिल्ड निर्माण गरेको र चोरीका घटना कम गर्न सदरमुकाम चैनपुर बजार सि सि क्यामरा जडान गरिएको हो छ ।

यस्तै बाढि पहिरो प्रभावित भएको घर धुरीको पुन:निर्माण र पुन:स्थापनाकोलागि रकम निकासाकोलागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिक कार्यालयमा विवरण पेस गरेको र विकास निर्माणलाइ गति दिन प्रदेश र संघीय सरकार सग समन्वय र सहकार्य गरको नगर प्रमुख बजालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । पत्रकार सम्मेलन मार्फत नगरपालिकाको विकासको लागि पत्रकारले दिएका सुझाव/सल्लाहलाइ लिएर आगामी बर्षमा नगरको विकास गर्न ठूलो सहयोग हुने उनले बताए । अबको बजेटमा नगरपालिकाको शिक्षा स्वास्थ्य खानेपानी यातायात कृषि उद्योग लगायतका क्षेत्रमा नगरपालिकाको बजेट विनियोजन गर्ने नगर प्रमुख बजालले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्