सुरक्षित गर्भपतनको भ्रम हट्दै ग्रामिण क्षेत्रमा

ममता भट्ट, डडेल्धुरा : डडेल्धुराको भागेस्वर गाउँपालिकाका ग्रामिण क्षेत्रमा सुरक्षित गर्भपतनबारेको भ्रम हट्दै गएको छ । विभिन्न गामिण वस्तीहरुमा केही वर्ष आगाडी सम्मको गर्भपतन सम्वन्धिको बुझाई र अहिलेको दृष्टी फेरीदै गईरहेको स्थानियहरुले बताउदै आएका छन् ।
गर्भपतन गर्नेहरुलाई विभिन्न नजरले हेर्ने समुदाय पछिल्लो समयमा सुरक्षित गर्भपतन गर्नका लागि अभिप्रेरित भईरहेको छ । सुरुमा गर्भपतन गर्ने जोसुकैलाइृ पनि गा्रमिण क्षेत्र सगैं वजारमा पनि कुदृष्टिले हेर्ने , विभिन्न लालच्छाना लगाउने , नराम्रो दृष्टीले तिरिष्कार गर्ने जस्ता कार्यहरु हुने गर्दथे । तर पछिल्लो समय आईपास नेपाल सगंको साझेदारिमा सिडिएफ नेपालले जिल्लाका भागेस्वर र नबदुर्गा गाउँपालिकाका विभिन्न भागमा सुरक्षित गर्भपतन सम्वन्धिका भिबिन्न सचेतनामुलक कार्यक्रम लागु भएपछि सो सम्वन्धि नकारात्मक भावना हराउदै गएका ग्रमिण भेगका महिलाहरु सुरीक्षित गर्भपतन सेवा प्रादायक चेतना ओझाले बताए । अहिले गा्रमिण भेगमा पनि सुर्छित गर्भपतन गराउने महिलाको सख्यामा बृद्धि भएको सेवाप्रदायक ओझाको भनाई रहेको छ ।

सो भावनामा परिवर्तल्याउन र उनिहरुको सोचमा सकारात्मक विचार पैदा गर्न समुदायमा विभिन्न क्रियाकलापहरु सचांलन गरेको जनाएका छन ।पालिकाका ५ ओटै वडा अन्तर्गत का समुदायमा सुरछित गर्भपतन सम्वन्धि पटक पटक सडक नाटक, समुह समुहमा छलफल गरि जनचेतना प्रदान गरिएको भागेस्वर गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष बसन्तराज चटौतले जनाएका छन ।
सुरक्षित गर्भपतन सम्वन्धि बिभिन्न किसमका सचेतनामुलक कार्यक्रमले समुदाय र सहभागीलाई गर्भपतन सम्वन्धि सकारात्मक बुझाइृ रहेको र जसका कारणले सुचिकृत स्वास्थ्य सस्थामा सुरक्षित गर्भपतन गराउने महिलाहरुको सख्यामा बृद्धि भएको र गर्भपतन सेवा प्रभावकारी वनिरहेको भागेस्वर गाउँपालिका स्वास्थ्य साखा प्रमुख मान बहादुर साहुलले बताए ।

उनले भने यो परीयोजना लागु भएपछि अहिले पालिकामा धेरै सहजता भएको छ । पालिकाका महिलाहरु सचेत भएका छन । उनिहरुले स्वास्यक्रमिलाई समेत तालिम दिएर दक्ष बनाएका छन । बिभिन्न समुहहरुमा धेरै किसमाका तालिम गोसटी छलफल गरेर सचेतना फैलाउदै आएका र स्थानिय जन प्रतिनिधीलाई पनि कार्यक्रमहरुमा सहभागि गराउदै आएकोले यि यस्ता परीयोजना पालिकामा आवश्यक रहेको बताएका छन । पालिकामा अहिले ४ वडामा सुरछित गर्भपनसेवा संञ्चालनमा रहेको पनि स्वास्थ्य साखा प्रमुख साहुले बताए । आर्थिक बर्ष २०८०÷८१को चैत्र महिना सम्ममात्रै भागेस्वर गाउँपालिकामा ८३ जनाले सुरछित गर्भपतन सम्बन्धी सेवा लिएका छन । जस मध्ये बगरकोट स्वास्थ्य चौकिमा ३७ ,भागेस्वर स्वास्थ्य चौकिमा २३ र रुपाल स्वास्थ्य चौकिमा २५ जनाले सेवालिएका छन । पहिले भन्दा अहिले आफ्नो समस्या राख्र्ने र सुरछित गर्भपतन सेवा लिनकोलागि पनि खुरेल आउने गरेको बगरकोट स्वास्थ्य चौकिा सुरीक्षित गर्भपतन सेवा प्रादायक चित्रा मालिले बताए।

डडेल्धुरा जिल्लामा २२ वटा स्वास्थ्य सस्थामा निःशुल्क सेवा दिदै आएको र १० हप्ता सम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्ता सम्मको डडेल्धुरा अस्पताल डडेल्धुरामा यो सेवा उपलव्ध हुने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका परीवार नियोजन सुपर भाईजर भवान सिङ कुवरले बताए ।

किशाेरी र आमाहरु मिलेर सचेतना फैलाउदै ग्रामिण क्षेत्रमा
रमा टेर भागेस्वर गाउँपालिका ४ की सामुदायिक अगुवा हुन । सामुदायिक अगुवा हुनुअघि उनीमा प्रजनन स्वास्थ्यबारे धेरै भ्रम भएकाले यस विषयमा खुलेर बोल्न लजाउने गर्थिन। सुरक्षित गर्भपतनको विषय रमाका लागि लाजको विषय थियो । प्रजनन स्वास्थ्यबारे समुदायका दिदीबहिनीसँग कुराकानी गर्ने जिम्मेवारीसहित उनि सामुदायिक अगुवा छानिएपछि तालिमको अवसर जु–यो । तालिमपछि अगुवा टेरमा रहेको भ्रम हट्दै गएको र आफैँमा परिवर्तन आएपछि उनले विस्तारै दिदीबहिनीसँग प्रजनन स्वास्थ्यको बारे कुराकानी गर्न थालिन ।

यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतनको कानुन र अधिकारबारे आमा समूह, टोल समूह र बिभिन्न समुहका दिदीबहिनीलाई सचेत गराउने तथा यसबारे सरकारले दिने सेवाबारे जानकारी गराउने काम गर्छिन । सुरु सुरुमा दिदीबहिनी अलि निस्क्रिय ुहुन्थ्यो, मेरो कुरा खासै चासो दिनुहुँदैनथ्यो विगत सम्झँदै उनले भने । मेरो निरन्तर लगावले उनीहरुको मन जितेछ क्या रे कुरा ध्यानापूर्वक सुन्न थाले । बैठकमा नियमित उपस्थिति र छलफलमा सक्रिय सहभागी हुन थालेसँगै उनिहरुमा पनि प्रजनन स्वास्थ्यवारे चेतना स्वास्थ्य स्वयम सेबिका बसन्ती पन्तले बताए ।

रिमा जस्तै अन्य ४ जना महिला र किशोरीहरूले गाउँमा प्रजनन् स्वास्थ्यबारे सिकाउने गर्छन्। गाउँभरिका महिला जम्मा पारेर एक ठाउँमा राख्छन् अनि आफूले जानेका कुरा भन्छन्। कति महिलाहरूले प्रश्न सोध्छन् उनीहरू उत्तर दिन्छन्। यस्तो छलफल उनीहरूले महिनामा एक दुई पटक गर्छन्।
सुरक्षित गर्भपतनबारे कुरै सुन्न नचाहाने भागेस्वरका ग्रामीण बस्तीमा अहिले निकै परबिर्तन आएको छ । लुकेर असुरक्षित गर्भपतन गराउँदा बर्सेनि धेरै दिदीबहिनीको अकालैमा मृत्यु हुने गरेको भागेस्वरमा पछिल्ला दिनमा यो समस्या टर्दै जान थालेको छ । प्रजनन स्वास्थ्य सेवा बस्ती बस्तीमा प्रचारप्रसार गर्न, सचेत गर्न तथा स्वास्थ्य संस्थाको पहुँचसम्म त्यस्ता महिलालाई पु¥याउन ४ सामुदायिक अगुवा क्रियाशील रहेको आईपास नेपालका जिल्लास्तरीय सामाजिक परीचालक भागरथि धामिले बताए । समुदायले छनोट गरी पठाएका उनिहरुलाई आईपास नेपालले आधारभूत तहको तालिम दिने गरेको उनकोे भनाइ थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्