मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँड, ५ लाख ६१ हजार २२६ आवेदकले पाए १० कित्ता

काठमाडाैं – मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो। स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता शेयर निष्काशन गरेको थियो। कर्मचारीहरुका लागि छुट्याइएको शेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता शेयर सर्वसाधारण्मा बाँडफाँट गरिएको हो।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो। जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ।

रिजल्ट हेर्न यहँ क्लिक गर्नुहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्