कोरोना भाइरसको कारण स्पेनमा एकै दिन ८ सय ६४ जनाले ज्यान गुमाए, मृतकको संख्या ९ हजार नाघ्यो

काठमाडौँ – स्पेनमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टा भित्र ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै हो ।

युरोपमा मृत्यु हुनेको कूल संख्या ३० हजार भन्दा माथि छ । स्पेनमा मात्रै ९ हजार बढीको मृत्यु भइसकेको छ । इटलीपछि सबैभन्दा धेरै मृत्यु हुनेमा स्पेन पर्दछ ।

स्पेनमा कोरोना भाइरसको संक्रमितको संख्या १ लाख नाघिसकेको छ तर संक्रमणको दरमा गिरावट भने आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्