अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ५ हजार भन्दा बढीको मृत्यु

न्यूयोर्क – संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख भन्दा नाघेको छ ।
वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ भने ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ, भनेका छन् ।

यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।

कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्