कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दै छ ।

पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाँड नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि बुधबार साँझ आकस्मिक रुपमा बसेको पदाधिकारी बैठकले बिहीबारका लागि पूर्व पदाधिकारीसहितको बैठक बोलाएको हो । बिहीबार बस्ने बैठकमा नक्कली शरणार्थी प्रकरणमा पार्टी नेताहरुको संलग्नता र त्यसले पार्टीमा पुर्‍याउने क्षतिको विषयमा छलफल हुने बुझिएको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्रीद्वयको प्रस्तावमाथि पनि बिहीबार छलफल हुने बुझिएको छ । बुधबारको बैठकमा सहमति नजुटेपछि बिहीबारका लागि बैठक बोलाइएको हो । नक्कली शरणार्थी प्रकरणमा कांग्रेस पार्टीका अन्य नेताहरुले पनि अवैध रकम बुझेको बयान पक्राउ परेकाहरुले दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्