एमाले केन्द्रीय समिति बैठक आजदेखि सुरू हुँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समिति बैठक आज (बिहीबार) देखि सुरू हुँदैछ । पहिले झापामा गर्ने तय गरिएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मूख्यालयमै बस्ने छ । बैठक बिहान १० बजेबाट सुरू हुने छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि एमालेको केन्द्रीय समिति पहिलो पटक बस्न लागको हो ।

एमाले सचिवालयको गत मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेण्डाहरु तय गरेको थियो । बैठकमा निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका १० वटा विषयमा छलफल हुने जनाइएको छ ।

बैठक तीन दिनसम्म चल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्