एकता व्यापार संघ नेपालको आयोजनामा काठमाडौमा ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना

काठमाडौँ – एकता व्यापार संघ नेपालको आयोजनामा काठमाडौमा ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले उक्त शिविरको उद्घाटन गर्नुभएको हो । बिहान १० बजेदेखि दिँउसो ३ बजेसम्म काठमाडौँको सबल बहाल चोक महाबौद्ध (खासाचोक)मा उक्त शिविरको आयोजना गरिएको हो । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. को संयुक्त प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको छ । हस्पिटलसँगको लामो सहकार्य तथा कार्यसमितिको कार्ययोजना अनुरुप आज शिविर आयोजना गरिएको एकता व्यापार संघका अध्यक्ष माधव प्रसाद खरेलले जानकारी दिनुभयो ।

शिविरमा जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बालरोग, हाडजोर्नी तथा नसा, नाका कान घाटी, आखाँ रोग, दन्त रोग, शल्यक्रिया, इसीजी सेवा, भिडियो एक्सरे र ल्याव टेस्ट सेवा लगायतका सेवाहरु प्रदान गरिएको थियो ।

शिविरमा सम्पूर्ण क्षेत्रका व्यक्ति लगायत सर्वसाधारणलाई समेत निशुल्क परामर्श सेवा, स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको एकता व्यापार संघका सचिव एवं कार्यक्रमका प्रचार प्रसार संयोजक तेज आचार्यले जानकारी दिनुभयो ।

निशुल्क स्वास्थ्य शिविरले आफुहरुले स्वास्थ्य सेवा पाएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।
करिब ५ घण्टा सम्म जारी बृहत स्वास्थ्य शिविरमा विभिन्न सेवातर्फ गरि करिब ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल व्यवसायी महासंघ, नेपाल व्यापार संघ, रञ्जना व्यापार संघ, चाहाना व्यापार संघ लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्