डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर, ५० लाख अमेरिकी डलर जरिवाना

एजेन्सी – अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् ।

अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उनलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा एक महिला लेखिकामाथि यौन शोषण गरेको आरोप लागेको थियो । ट्रम्पले भने आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपन्चको रुपमा ब्याख्या गर्दै आफू निर्दोष रहेको बताउँदै आएका थिए ।

केरौल नामका महिलाले गत वर्षको अक्टोबर महिनामा सामाजिक सञ्जालमा ९० को दशकमा आफूमाथि ट्रम्पले यौन शोषण गरेको खुलासा गरेपछि ट्रम्पमाथि छानबिन सुरू भएको हो । ट्रम्प विरुद्ध ती लेखिका बाहेक अन्य दुई महिलाले पनि यौन शोषणको आरोप लगाएको थियो । उनीहरूले सन् १९७९ र २००५ मा आफूहरूमाथि यौन शोषण गरेको आरोप लगाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्