क्षेत्रीय शहरी विकास आयोजना धनगढी र शुक्लाफाँटा नगरको नाममा अख्तियारमा उजुरी

काठमाडाैं  – क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी र शुक्लाफाँटा नगरपालिका, कञ्चनपुरको नाममा अख्तियारमा उजुरी परेको छ । आयोजना पीडित सरोकारवालाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरलाई स्थलगत अनुगमन छानबीन तथा कारवाहीका लागि निवेदन पेश गरेका छन् ।


शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवनको सुरुवातदेखि नै गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरि निर्माण कार्य अगाडी बढाउदै गर्दा भवनको संरचनाहरु पटक पटक भत्कनेक्रम जारी रहेको र सो निर्माण कार्य सम्झौता बमोजिम नियमानुसार तोकिएको गुणस्तर र तोकिएको समयमा सम्पन्न गर्न सरोकारवालाहरुले अनुरोध गर्दा पनि उल्लेखित गैरकानुनी कार्यमा कुनै सुधार नभएको भन्दै उजुरी दिएको हो ।

नियामक निकाय र शुक्लाफाँटा नगर कार्यपालिका मौन बसेकोले उक्त कार्यको यथाशिघ्र स्थलगत अनुगमन गरि संलग्नहरुको तत्काल छानविन र आवश्यक कारवाही समेत गरि तोकिउको समय र तोकिएको गुणस्तरमा निर्माण कार्य सम्पन्न सहितको व्यवस्था गरिदिन आयोजना पीडित सरोकारवाला शुक्लाफाँटा नगरवासी पीडितले उजुरी दिएको उजुरीकर्ता एक सदस्यले बताएका छन् । सुरक्षाको कारणले नाम भन्ने उल्लेख नगरिदिन अनुरोध गर्नुभएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालय झलारीमा एसियाली विकास बैंकको ऋण सहयोग र शुक्लाफाँटा नगरपालिकाको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले निर्माण व्यवसायी मार्फत निर्माण प्रक्रिया अगाडी बढाई उक्त कार्य निर्माण गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्