‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

काठमाडाैं – ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । हत्यासँग जोडिएको घटनालाई फिल्ममा प्रस्तुत गर्न खोजको छ । तर फिल्म कहिले सार्वजनिक हुने भन्ने तोकिएको छैन ।

काठमाडौं फिल्म्स प्रालिले निर्माण गर्न लागेको उक्त फिल्मलाई मदन थापाले स्क्रिप्ट तथा निर्देशन गरेका छन् । चन्दन झाले निर्माण गरेको फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायत कलाकारले अभिनय गरेको छ ।

उक्त फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । नेपालमै पहिलो पटक डब्बी एटमस साउन्ड सिस्टममा तयार हुन लागेको उक्त फिल्मलाई शरण ऋषिले छायांकन गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्