इटलीको अवस्था दिन प्रतिदिन भयावह बन्दै : ६६ डाक्टरको मृत्यु, ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौ – इटलीमा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४ सय २८ को मृत्यु भइसकेको छ भने १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ संक्रमित मध्ये पनि ४ हजार २३ जनाको स्थिती नाजुक छ ।

इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सिलसिला रोकिएको छैन । स्थिती दिनप्रति दिन भयावह हुँदैछ । अझ, कोरोनाभाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गइरहेको छ ।

इटलीको स्वास्थ्य एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार यहाँ अहिलेसम्म ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । केही दिनअघि यो आँकडा ४३ बताइएको थियो । यहाँ कूल ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्