‘लकडाउन’ प्रभाव : आज चैते दशै, शक्तिपिठहरु खाली

काठमाण्डौ – आज (बुधबार) चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशभरि ’लकडाउन’ घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।

असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्