अमेरिकामा कोरोनाबाट एकैदिन ७ सय १९ जनाको ज्यान गयो, संक्रमितको संख्या २ लाख नजिक

न्यूयोर्क – अमेरिकामा कोरोना भाइरसबाट एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो । यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए ।

साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ । यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्