मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आज (बैशाख ४ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेको छ ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न लागेको हो। त्यस मध्ये १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि रित पुर्वक आवेदन प्राप्त ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै वितरण भएको छ।

जारी पूँजीको २० प्रतिशत अर्थात १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरीसकेको छ। यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरीएको छ। बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा छिटोमा बैशाख ७ गते हुनेछ भने त्यस अवधिमा पार्यप्त आवेदन नपरे ढिलोमा बैशाख १९ गतेसम्म आवेदन खुल्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्