एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री दाहाल, देउवा पनि जाने

File Photo

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदैछन् । भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास जान लागेका हुन् ।

सोही भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने तयारी छ ।

एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले आज बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे पनि छलफल गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आजै बिहान बालकोट जाने तयारीमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्