टेलिकमकाे नयाँ अफर : महिनाभरीलाइ अनलिमिटेड भ्वाइस, डाटा तथा एसएमएस सुविधा

काठमाडाै – नेपाल टेलिकमले ’सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ। कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको हाे ।पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि मात्रै यो अफर उपलब्ध हुनेछ।

६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने तथा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको छ।त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।

उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नु पर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्