‘रोपेगुनाफल’ टिकटक प्रतियोगितामा डडेल्धुराकी रेडियोकर्मी ममता भट्ट पुरस्कृत

काठमाडाैं- ‘रोपेगुनाफल’ टिकटक प्रतियोगितामा रेडियो अमरगढी डडेल्धुराकी कार्यक्रम संयोजक ममता भट्ट (माधवी) पुरस्कृत भएकी छिन । युनिसेफ र एन्टेना फाउन्डेशन नेपालको सहकार्यमा तयार पारिदैँ आइरहेको अभिभावक शिक्षामा केन्द्रित धारावाहिक रेडियो नाटक रोपेगुना फल टिकटक प्रतियोगितामा रेडियोकर्मी भट्ट पुरस्कृत भएकी हुन्। शुक्रवार एलिस कन्फरेन्स, बखुन्डोल, ललितपुरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सञ्चारकर्मी भट्टलाई नगद सहित प्रमाण पत्रले सम्मान गरेको हो ।

किशोर किशोरीको प्रजनन स्वास्थ्य, दिगो शिक्षा, बालविबाह लगायतको संदेशमुलक टिकटक प्रतियोगीतामा टिकटक बनाउन खुल्ला गरिएको थियो । सोहि प्रतियोगितामा भाग लिएर भट्ट तेस्रो हुदै २० हजार नगद पुरस्कार जितेकी हुन ।

यस्तै डडेल्धुराका पुरन महता प्रथम भएका छन । उनलाई नगद पचास हजार सहित सम्मान गरिएको छ । यस्तै दास्रोमा कैलाली भजनिकी सलोनी इद्रसी पर्न सफल भएकी छिन् । उनलाई नगद रु ३० हजार सहित प्रमाणपत्रले सम्मान गरेको छ ।


प्रतियोगीता ऐन्टेना फाउन्डेसनको आयोजनामा भएको हो । प्रतियोगितामा ८० जनाको सहभागिता रहेको थियो । टिकटक प्रतियोगितामा भागलिन कार्तिक १५ देखि माघ १५ गतेसम्म खुला गरिएको थियो ।

अभिभावक शिक्षामा केन्द्रित धारावाहिक रेडियो नाटक रोपेगुना फल। युनिसेफ र एन्टेना फाउन्डेशन नेपालको सहकार्यमा बनाइएको यो रेडियो नाटकमा बालबालिकाको स्याहार सुसार, खानपान, स्वास्थ्य, सरसफाई, सिकाई, हेरचाह र सुरक्षाको लागि अभिभावकले गर्नुपर्ने विभिन्न कुराहरूको छलफल गरिन्छ। विशेषगरी नेपाली, भोजपुरी र मैथिली भाषाहरूमा नाटक तयार पारिदैँ आएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्