‘किसानकै माग अनुसारका योजनामा काम गरिरहेका छौं’ : कृषि शाखा प्रमुख करनसिंह बुढाऐर

कञ्चनपुर, झलारी – कार्तिक मसान्तभित्र कृषक समुह दर्ता गरायौं। त्यसपछि गहुँको विउ वितरण गर्‍याैँ। हिउँदे तरकारीको विउ वितरण गरेका थियौं। संघिय सरकार अन्तर्गत गहुँ उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेका छौं। शुक्लाफाँटाका ५ वडामा त्यो कार्यक्रम सञ्चालित छ। ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण गरेका छौं। संघिय सरकारको पकेट कार्यक्रम अन्तर्गत वडा नं. ६ मा काम भइरहेको छ। २ महिनाभित्रै उच्च प्रविधिबाट बाह्रै महिना च्याउ उत्पादन गर्ने फर्म हुन्छ। बाली संरक्षण कार्यक्रम अन्तर्गत किसानहरुलाई निःशुल्क विषादी वितरण गरेका छौं। अहिले पनि विषादी छ।

किसानलाई आवश्यकता परेका बेला विषादी उपलब्ध गराउँदै आएका छौं। बगर खेती गर्ने किसानहरुलाई पनि विउ वितरण गरेका छौं। उनीहरुलाई लौका, काक्रा, फर्सि दिएका छौं। हिउँदे तरकारी र प्याजको विउ पनि वितरण गरेका छौं। शुक्लाफाँटामा मकै उत्पादनको सम्भावना छ। विगतमा त्यसमा बजेट थिएन्। यस पटक बजेट भएकोले मकैको विउ वितरण गरिरहेका छौं। धान पकेट र साना सिचाइँको कार्यक्रम छ। त्यसका लागि सूचना प्रकाशित गरिसकेका छौं। दुई गाउँ एक प्राविधिक नीति अनुसार त्यसको सुचना गरेका छौं। त्यसका ८३ निवेदन परेका छन्। त्यो प्रक्रिया अगाडि बढेको छ। आलु र मकै पकेट भनेर सुचना प्रकाशित गरेका थियौं।

त्यसमा दुई निवेदन मात्रै परेका थिए। अनुगमन गर्दा खासै राम्रो देखिएन। पुनः सूचना प्रकाशित गर्दा एउटा निवेदन परेको छ। त्यसको अनुगमन गर्छौ। अनुगमन गर्दा व्यावसायिक जस्तो लाग्यो भने उक्त समुहलाई त्यो कार्यक्रम दिन्छौं। धानको विउ सूचना जारी गर्छौ। त्यसपछि उत्पादन सामाग्री भनेर स्प्रे ट्यांकी, हजारी, सिल्पिङ पलास्टिकलगायतका सामाग्री वितरणका लागि सूचना जारी गरेर वितरण गर्छौ। हामीले किसानको आवश्यकतालाई आधारमा कार्यक्रम बनाउने हो। त्यही अनुसार काम हुन्छ। अनुदानलाई सदुपयोग गराउने हाम्रो उदेश्य हो। त्यसका लागि अनुगमन गर्छौ। कृषि प्रोफाइल बनाउने हाम्रो लक्ष्य छ।

जीपीएसबाटै कृषिको सम्भावना हेर्न सकिने गरि काम गर्ने योजना छ। प्रत्येक वडाको कृषि प्रोफाइल बनाउँछौं। माटोको अवस्था के छ भनेर त्यसबाट जानकारी हुन्छ। त्यही अनुसार कार्यक्रम गर्न सहज हुन्छ। प्रत्येक वडामा माटो शिविर चलाउँछौं। किसानले लिएको नमूनाबाट माटो परिक्षण गर्ने योजना छ। (शुक्लाफाँटा नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढाऐरसँग गरिएको कुराकानीमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्