चीनबाट १ लाख पिपीई र ५० हजार कोभिड परीक्षण किट काठमाडौ आइपुग्यो

काठमाडाैँ –  आइतबार विहान चीनबाट मेडिकल सामग्री काठमाडौँ आइपुगेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको हो ।

मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमले जनाएको छ । उक्त जहाज आज बिहान ५ बजे काठमाडौँ आइपुगेको थियो ।

औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो ।

ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको निगम अपरेशन विभागले जनाएको छ ।
वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिए । एक लाख पिपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्