पैसा सापटी दिएपछि बोलचाल हरायो

काठमाडाैं – चर्चित गायक बद्री कुमार पंगेनी र गायिका रचना रिमालको पैसा सापटी गीतको भिडियो सार्वजनिक भएको छ । राम्रो सम्बन्धमा रहेका साथीभाई, इष्टमित्र, आफन्तहरुबाट पैसा सापटी लिने र तिर्ने बेला सम्बन्ध नै बिग्रिने र बोलचालै बन्द हुने अवस्थाको कुरालाई समावेश गरि भिडियो तयार पारिएको छ । विभिन्न समस्या तथा अनेकथरी प्रलोभन देखाएर पैसा माग्ने र पछि तिर्न नमान्ने बेथिती गितमा उल्लेख गरिएको छ ।

गायक पंगेनीको लय शब्द रहेको उक्त गीतमा स्वरमा पंगेनीलाई गायिक रचना रिमालले साथ दिएकी छन् । विश्वास नेपालले संगीत भरेका छन भने भिडिओमा सागर लम्साल ’बले’ अनु रेग्मी, नन्द बस्याल, सन्तोस पौडेल ‘बटुक’ लगायतको अभिनय रहेको छ ।
पैसा लगेपछि भेटघाट हरायो, पैसा माग्ने आफन्त नै रहेछन भनेर गीतमा शब्द समावेश गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्