६ बुँदे माग सहित नेकपा बहुमतले बुझायो शुक्लाफाँटामा ज्ञापन पत्र

कञ्चनपुर – नेकपा (बहुमत) ले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मंगलबार बहुमतका नगर इन्चार्ज एवं वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिह महराले ६ बुँदे माग अघि सारेर मेयर रण बहादुर महरालाई पालिकामा ज्ञापन पत्र बुझाएको हो ।

शुक्लाफाँटा नगरभित्रका जनताहरुमा आतंकको रुपमा रहेको मिटर ब्याज, लघुबित्त र सहकारी संस्थाहरुको ज्यादती तत्काल बन्द गर्न, लागु औषधको खुलम खुल्ला भण्डारण, ओसारपसार, विक्रिवितरण तथा सेवन तत्काल कडाइकासाथ बन्द गर्नुपर्ने मागहरु राखेका छन् । यसैगरी शुक्लाफाँटाभित्र एडिबीको सहयोगमा आरयूडिपीले निर्माण गरिरहेको निर्माण कार्यहरु तोकिएको समयमा र तोकिएको गुणस्तरमा सम्पन्न गर्न तत्काल आवश्यक कदम चालन तथा अतिक्रमित सरकारी जमित तत्काल सरकारको नाममा फिर्ता गर्न र ई–रिक्सा पार्किङ्ग स्थल बनाउनुपर्ने माग राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्