बेल्जियमबाट आएकी २२ वर्षीय युवतीमा कोराेना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ पुग्यो

काठमाडौ – बेल्जियमबाट नेपाल आएकी बाग्लुङकी एक युवतीमा  शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए ।

उनी चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएकी थिइन्, त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । उनी अहिले चिकित्सकको सम्पर्कमा  छिन् र उनको अवस्था अहिले सामान्य छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । एक जना निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्