संयुक्त राष्ट्र सङ्घका ८६ कर्मचारीमा कोरोना संक्रमण

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्रा्ष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् ।

राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमितमध्ये अधिकांश युरोपेली देशमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन् ।

बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उनले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ । राष्ट्र सङ्घको जेनेभामा रहेको कार्यालयमा झण्डै चार हजार कर्मचारीमध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए ।

९७ प्रतिशतभन्दा बढी राष्ट्र सङ्घका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् ।

उज्यालाे अनलाइनबाट साभार 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्