प्रचण्डको भिडियो सन्देश : घरभित्रै बसेर सरकारलाई साथ दिन आह्वान

फाइल फाेटाे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घरभित्रै बसेर कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको लडाई‌ं जित्न सरकारलाई साथ दिन आह्वान गरेका छन् । शनिबार प्रचण्डले भिडियो सन्देशमार्फत् जनतालाई घरमै बस्न र सुरक्षित रहन आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आधिकारिक सूचनाले मात्रै जोखिमबाट जोगिन सकिने भएकाले सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्न सबैलाई अपिल गरेका हुन् ।

उनले जनता र सरकारले आवश्यक सावधानी अपनाएकोमा धन्यवाद दिँदै थप सावधानी अपनाउन आग्रह गरे । प्रचण्डले तीनै तहका सरकार र पार्टीका सदस्यहरुलाई यसविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आह्वान समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले चिकित्सक सुरक्षाकर्मी लगायत अग्रमोर्चामा खटिनेहरुलाई आवश्यक उत्प्रेरणा दिइने र सातै प्रदेशमा उपकरणसहित ल्याब स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्ने जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक सहयोग र राहत प्याकेजमा सरकारको ध्यान जाने विश्वास समेत व्यक्त गरेका छन् । उनले गरिब र असहायको पक्षमा मुठी फुकाउन निजी क्षेत्रलाई आह्वान समेत गरेका छन् ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्