पूर्वमन्त्री बस्नेतले गरे खाद्य सामाग्री वितरण

सुशील सुवेदी 

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धाहरुलाई खाद्य सामाग्री वितरण गर्नुू भएको छ । पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धाहरुलाई चामल, दाल, नुन, तेल र हात धुने साबुन वितरण गर्नु भएको हो छ, लकडाउनले बिहान बेलुका खानाको समस्याले पिरोलिएका मजदुरहरुलाई १५ केजीका दरले चामलका साथै दाल, नुन, तेल र साबुन वितरण गरिएको नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताए ।

यस अघि पनि सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रमा पूर्वमन्त्री बस्नेतले स्वास्थ्य सामाग्री वितरण गरेका थिए । नेता बस्नेतले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो विपत्तिको घडीमा ज्यालदारीमा निर्भर श्रमिकहरुलाई तत्काल राहत घोषणा गर्न माग गरेपनि सरकारले अटेर गरेको आरोप लगाए । बस्नेतले मजदुर, श्रमिक र न्यून आय भएका व्यक्तिहरुलाई भोकै बस्नु पर्ने समस्याबाट मुक्त गर्न कांग्रेस लागि पर्ने बताए ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्