ग्याँस चुहिएर आगो लाग्दा घाइते हुनु भएका काँग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ– ग्याँस चुहिएर आगो लाग्दा घाइते हुनु भएका नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सांसद भण्डारीलाई आजबाट मुखबाट खाना खुवाइएको छ ।

उहाँको प्रेसर मास्क अक्सिजन ५ लिटरमा झारिएको छ । भोलिसम्म यही प्रकृया रहने चिकित्सक प्रशान्त महाराणेले जानकारी दिनुभएको छ । भण्डारीका स्वास्थ्य सम्बन्धि सबै पारामिटरहरु नर्मल रहेको डाक्टर महाराणेल बताउनुभएको जानाकारी भण्डारीसँगै भारतमा रहनुभएका योगराज कंडेलले दिनुभएको छ ।

सामाजिक सञ्जालमा भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा विभिन्न टिप्पणीहरु आएपछि चिकित्सकहरुले नै उहाँको उपचाररत अवस्थाको फोटो सार्वजनिक गर्न अनुमति दिएको पनि कंडेलले जानकारी दिनुभएको छ । कम्तिमा २१ दिन सम्म ग्राफ्टिंगको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यस पश्चात मात्र भेटघाट गर्न दिने अस्पतालले जनाएको छ ।

नेपाल टेलिभिजन

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्