गोकुलेश्वरमा जारी ‘गोकुले मेला’ हेर्न गएका एक जनाको चौलानी नदीमा बगेर मृत्यु

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलाको गोकुलेश्वरमा जारी ‘गोकुले मेला’ हेर्न गएका एक जनाको चौलानी नदीमा बगेर मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथको बुधबार दिउँसो चौलानी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्