नेपाल शिक्षक संघ दार्चुलाको नयाँ नेतृत्व चयन, अध्यक्षमा अवस्थी र उपाध्यक्षमा जोशी

काठमाडौँ – नेपाल शिक्षक संघ दार्चुलामा नयाँ नेतृत्व चयन भएको छ । नेपाल शिक्षक संघ दार्चुलाको नवौं जिल्ला अधिवेशन बाट गणेश दत्त अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो । मंगलबार सर्वसम्मत तरिकाले जिल्ला कार्यसमिति चयन भएको दार्चुला काँग्रेसका एक जना नेताले जानकारी दिए । ती नेताका अनुसार अध्यक्षमा गणेशदत्त अवस्थी, उपाध्यक्षमा दामोदर जोशी र महिला उपाध्यक्षमा मन्दा कार्की चयन भएका छन् । यस्तै सचिवमा सुरेन्द्र प्रसाद बडू, सचिव अर्थ तिर मदम सिंह महरा, सह–सचिवमा गणेशदत्त भट्ट, गंगा खाती, लक्ष्मी खत्री रैखोला, बहादुर सिंह गोयला, पूर्णानन्द जोशी सर्वसम्मत चयन भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्