दार्चुलाको लेकम-२ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै, पुनर्निर्माण गर्न स्थानीयको माग

तस्बिर : महेन्द प्रसाद भट्टको फेसबुकबाट

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै गएको छ । कुणीबाट लाली क्षेत्रका गाउँवस्ती जाने बाटोमा रहेको उक्त चौतारी विश्राम स्थलको रुपमा रहि आएको छ । वडा नं. २ को कार्यालय कुणीबाट करिब २० मिनेटको पैदल दुरीमा रहेको उक्त पिपल चौतारीमा बसेर भारतको उत्तराखण्ड क्षेत्रका धेरैजसो स्थानहरु अवलोक गर्न सकिन्छ भने नेपाल भारत सिमाना भएर बग्ने महाकाली नदि समेत प्रष्ट देखिन्छ । यस चौतारी छेउबाट धुरा केदार गुफा समेत जान सकिन्छ । निक्कै महत्व बोकेको उक्त चौतारी पछिल्लो समय जिर्ण बन्दै गएको छ । चौतारीको रुपमा लगाइएको ढुंगाहरु भत्किन थालेकोप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । धार्मिक आस्था बोकेको तथा पैदलयात्रीहरुको थकाइ मेट्ने थलोको रुपमा धेरैपहिलादेखि निर्माण गरिएको चौतारी पुनर्निर्माणमा पछिल्लो समय जनप्रतिनिधिहरुले चासो नदिएकोभन्दै स्थानीयले दुख व्यक्त गरेका छन् । धुरा केदार जाने प्रवेशद्वारमा गेट निर्माण तथा पक्की ट्रयाक निर्माण भएपनि उक्त चौतारी भने जस्ताको त्यस्तै रहेको छ ।

कलैती गाउँ, कुसकाँडा गाउँ, छौडबे, गाँणागाँउ, माकान्ना, गोइलाड, लाली क्षेत्र तथा छिमेकी मूलुक भारत समेत आवतजावत गर्ने पैदलयात्रीहरु उक्त चौतारी हुदैँ आउनेजाने गर्दछन् । लाली क्षेत्रबाट आउदा लामो उकालो सकिएपछि उक्त चौतारी आउनेगर्दछ । पैदल यात्रामा उकालोको थकान मेट्ने तथा चारैतिरका रमणीय दृश्यालोकन गर्न सकिने उक्त चौतारी जीर्ण भएकोप्रति स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । विद्यार्थीहरु समेत दिनहुँ आराम गर्ने उक्त चौतारी निर्माणका लागि स्थानीयले जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् ।

पिपल हिन्दु धर्मशास्त्रका अनुसार सर्बगुण सम्पन्न भगवानको बासरहेको पबित्ररुखको रुपमा लिईन्छ । पिपलको रुखलाइ भगवान बिष्णुको घर मानिन्छ । पीपल बोट भएको स्थानमा अधिकांश ठाउँमा चौतारी निर्माण गरिन्छ । यसलाई भारी बिसाउने भरियादेखी, बृद्ध, एकल, उच्च घरानाका ब्यक्तिहरुको भेटघाट आरम गर्ने थलो देखी माया गर्ने जोडिहरुको भेट हुने सस्तो र स्वस्थकर स्थान हुन्छ । २ वटा बयस्क बिरुवाले ४ जनाको परिवारलाई अक्सिजन पुर्याउने बैज्ञानिक कारण समेत रहि आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्