मेडिकल सामाग्री ल्याउन वाइडबडी शनिबार चीन जादै

काठमाडौं – नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ ।
कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन शनिबार वाइडबडी चीनको ग्वाङझाओ जान लागेको विमानस्थल स्रोतले जनाएको छ ।

औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने विमानस्थल भन्सार विभाग स्रोतले बतायो ।

वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको स्रोतले बतायो ।

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्