इटाली र स्पेनमा कोरोनाका कारण एकै दिन १ हजार ४ सय बढीको मृत्यु

काठमाडौ – कोरोना भाइरसका कारण निम्तिएको महामारीका कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ ।

इटलीमा ६ हजार २ सय ३ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ८० हजार पुगेको छ । तीमध्ये ३ हजार ६ सय १२ जनाको अवस्था गम्भीर छ । यद्यपि, १० हजार ३ सय ६१ जना निको भएका छन् ।

साथै, स्पेनमा एकैदिन ७ सय १८ को मृत्यु भएपछि यहाँ अहिलेसम्म ४ हजार ३ सय ६५ को मृत्यु भइसकेको छ ।

साथै, यहाँ ८ हजार २ सय ७१ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । तीमध्ये ३ हजार १ सय ६६ जनाको स्थिती गम्भीर छ । यहाँ ७ हजार १५ जना निको पनि भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्