कर्णालीमा स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता दिने प्रदेश सरकारको निर्णय

सुर्खेत — कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथामको लागि स्थापना गरिएको हेल्थ डेस्क, क्‍वारेन्टाइन र आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुरक्षाकर्मीलाई सुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमस्थित चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोक्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्