दार्चुलाका २ पसलमा आगलागी

सांकेतिक तस्विर

दार्चुला – दार्चुलाका  दुई पसलमा आगलागी भएको छ। अपिहिमाल गाउँपालिका–४ खण्डेश्वरी बस्ने बिक्रमसिंह बोहरा र कुन्दनसिंह रोकायाको खुद्रा पसलमा आगलागी भएको हो।

सोलारको ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका सामानहरू जलेर नष्ट भएको पसल सञ्चालक बोहरा र रोकायाले बताएका छन्। आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ। प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्