वीर अस्पतालबाट प्रवाह हुने २४ सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने

काठमाडौ – सरकारले वीर अस्पतालबाट प्रवाह हुने सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने व्यवस्था मिलाएको छ ।

वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरमै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

स्वास्थ्य सम्बन्धी विशेष सेवा लिनु परेमा फोन सम्पर्कमार्फत लिने व्यवस्था मिलाएको हो । मन्त्री ढकालले सुरक्षित रूपमा घरमै बसेर चिकित्सकीय सेवा लिन आग्रह गरे ।

’वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरबाटै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ’ उनले भने ’कोरोना भाइरस (कोभिड(१९) बाट बच्न, सुरक्षित रूपमा घरमै बसौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्