शुक्रबार देखि काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाको परीक्षण सुरु हुने

काठमाडौं – सरकारले देशका काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण गर्न लागिएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसको परीक्षणका लागि प्रविधिक टोली सम्बन्धित ठाउँमा पठाइएको छ । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए ।

‘कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन अब काठमाडौको प्रयोगशालामा आउन पर्दैन,’ निर्देशक पाण्डेले भने,‘प्रदेश तहमा नै व्यवस्था चाडैँ हुन्छ ।’ शुक्रबारदेखि नै कोरोनाभाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु हुने उनले बताए ।

सबै स्थानमा परीक्षण स्थल तोक्न भन्दा प्रभावकारी ढंगले काम गर्न जरुरी हुने उनी बताउँछन् । तोकिएका तीन स्थानमा आवश्यक थप जनशक्ति पठाउने पनि उनले बताए । पहिलो चराणमा तीन स्थानमै बीसदेखि सय नमुना परीक्षण गर्न सक्ने उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्