काठमाडौमा किटनाशक औषधी छर्किन थालियो

काठमाडौं – काठमाडौं महानगरपालिकाले डिस्इन्फेक्ट गर्नका लागि शहरका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किन थालेको छ । बिहीबार काठमाडौँको लैनचौर, ठमेल, ठहिँटी, क्षेत्रपाटी लगायतका स्थानमा किटाणुनाशाक केमिकल सहितको पानी छर्किएको हो । सार्वजनिक बाटो, चोक, पसलका सटरहरुमा केमिकल पानी छर्किएको महानगरपालिकाका प्रहरी प्रहरी नायव निरिक्षक अजम्बर श्रेष्ठले जानकारी दिए ।

१ हजार लिटर लिटर क्षमताको ट्याङ्कीमा केमिकल पानी भरेर सहरका भित्री स्थानहरुमा छर्किएको छ । महानगरपालिकाले आजदेखि ४ वटा गाडीबाट यो काम गरेको महानगरपालिकाका प्रहरी नायव निरिक्षक श्रेष्ठले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्