कोरोना भाइरस परीक्षणकालागि स्वास्थ्य उपकरण र पीपीआई शनिबार बेलुका काठमाडौ आइपुग्ने

काठमाडौँ — कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) आउन लागेको हो ।

‘चीनको गोन्जाओबाट उतैको कार्गोले स्वास्थ्य उपकरण पठाउँछ, शनिबार साँझ सामान काठमाडौं आइपुग्छ,’कोभिड रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति स्रोतले भन्यो, ‘आइतबार बिहानै नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश प्रदेशमा स्वास्थ्य उपकरणहरु पठाइन्छ ।’यी सामाग्री सरकारले किन्न लागेको हो ।

यसअघि उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अत्यावश्यकीय स्वास्थ्य उपकरण शनिबारसम्ममा जसरी पनि ल्याउने बताएका थिए । ‘हामीले जहाँबाट जसरी भए पनि शनिबारसम्ममा अत्यावश्यक स्वास्थ्य उपकरण ल्याउँछौं,’पोखरेलले भनेका थिए । त्यहीअनुरुप पहिलो चरणमा चीनको गोन्जाओबाट स्वास्थ्य उपकरण ल्याउन लागिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्