कोरोना संक्रमित युवकसँगै एयर अरेवियाको विमानमा उनी सहित १७० यात्रु आएको तथ्याङ्क

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएका युवक सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ ।

चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो । अब उनीसँगै विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।

स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी(९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।

अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्