कर्णालीमा कोरोनाको उपचारका लागि प्रदेशका तीन अस्पताल तोकिए

काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका ३ वटा अस्पताल तोकेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले उक्त कामका लागि प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १÷१ करोड रुपैयाँ र चौरजहारी अस्पताललाई ५० लाख रुपैयाँ पनि दिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सबै मन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको प्रवक्ता विमला केसीले जानकारी दिएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्