गौरीगंगामा ५ मा ३२९ जनाले नि:शुल्क आँखाको उपचार सेवा पाए

प्रेम जाेशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका ५-स्थित आधारभूत स्वास्थ्य केन्द्र अण्डैयामा निशुल्क आँखा शिबिर शुक्रबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको आयोजना,च्यारिटी हेल्थ फाउन्डेसन नेपाल,धगगढी नेत्रालय प्रा.लि.को प्राविधिक सहयोग तथा गौरीगंगा नगरपालिका कार्यालय चौमलाको आर्थिक सहयोगमा सो शिबिर संचालन भएको हो ।

शिबिरमा १ सय १३१ जना पुरुष र १ सय ९८ जना महिला गरि ३ सय २९ जनाले आँखाको उपचार सेवा पाएका थिए। आँखामा मोती बिन्दु समस्या भएका ४० जना बिरामीलाई धनगढी नेत्रालय प्रा.लिमा अप्रेसनको लागि प्रेषण गरिएको छ । आँखा जाँच गरिएका ७१ जनालाई चस्मा र २८९ जनालाई निशुल्क औषधि बितरण गरिएको थियो । गौरीगंगा नगरपालिका वडा न ५ कार्यबाहक वडा अध्यक्ष दिपक चौधरी, रेडक्रसकर्मी,स्वास्थ्यकर्मी,महिला स्वंयसेविका तथा समाजसेबी लगाएतको सहभागिता रहेको थियो ।

शिबिरमा धगगढी नेत्रालय प्रा.लि.का नेत्र सहायक केशब मास्कीको टोलीले आँखा जाँच गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्