गायक भानुभक्त जोशी शब्द तथा भोजराज भट्टको स्वरमा रहेको “जहाज दुर्घटना” गीत सार्वजनिक

काठमाडाैँ – पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनालाई लक्षित गरि “जहाज दुर्घटना” गीत सार्वजनिक भएको छ । चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्दमा रहेको उक्त गीतमा वरिष्ठ देउडा गायक भोजराज भट्टले स्वर दिएका छन् ।
हावामा उडेर गयो, तस्बिर मात्रै बाँकि रह्यो, जहाज भित्रै काल पनि बसेको रहेछ भन्ने जस्ता मन रुवाउने शब्द गायक भानुभक्तले समावेश गरेका छन् । ७२ जनाको ज्यान जानेगरि भएको उक्त जहाज आन्तरिक तर्फको ठुलो दुर्घटना हो । सोहि विमान दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा उक्त गीत तयार पारिएको हो ।


भोजराज भट्टको आधिकारि युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीत छोटो समयमा धेरैले रुचाएका छन् । देउडा भाकामा तयार पारिएको उक्त गीत ठाडी लयमा तयार पारिएको छ । भुवन बडूले एरेन्ज गरेको उक्त गितलाई जीवन बडूले मिक्सिङ गरेका छन् । बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको जहाज दुर्घटना गीत सुनेर भावुक नहुने कमै होलान् । सेतीमा खोजमा रगतको झोल भयो, संसार नै रुवाएर गयौ दैव, एकै चिता यति जना लगायतका मनै छुने भावुक शब्द समावेश गरिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्