जे आर भट्टको “मेरी इजु” देउडा गितको भिडियो सार्बजनिक

काठमाडौं – लोक देउडा कलाकार जे आर भट्टको “मेरी इजु” नामको देउडा गितको भिडियो सहित सार्बजनिक भएको छ । JR Bhatta युट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्बजनिक भएको हो।गाउँघरतिर गाइने मौलिक गीत मेरि इजुको भाका सङ्कलन गरि गीतमा नयाँपन दिएका छन। जे आर भट्टले शब्द सिर्जना गरेको उक्त गित भुमिराज थापाले एरेन्ज गरेका छन् भने सेर बोहराले मिक्सिङ गरेका छन ।
गायिका गौरी भट्ट र जे आर भट्टको आवाज रहेको उक्त गीतमा छोरिको पराइ घर जादाको पिडालाइ शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाइ गौरब जोशी र जे आर भट्टले डोटेली भासाको र्‍याफ मार्फत व्याख्या गरेका छन।
जे आर भट्ट र झरना बोहराले अभिनय गरेको म्युजिक भिडियो पुस्प भट्टले छायांकन गरेका छन भने मासुम बिस्टले निर्देशन र बिस्णु खड्काले सम्पादन गरेका छन। न अभिनयमा कलाकार अमृत नाथ, बासुदेव भट्ट, किसु पन्त, दिपक भट्ट, मनोज भट्ट, रवी सानू, धिरज बुढा, उमाकान्त जोशी लगायतको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । बैतडिको खोडपेमा जन्मिएका जे आर भट्ट सानै उमेरदेखी प्रत्यक्ष देउडा खेल्दै आएका छन। उनले यस अघिपनी केही गितहरुमा शब्द सिर्जना र केही देउडा गित आफैले गाएका छन।
पछिल्लो समय जे आर भट्ट समाजिक सन्जालहरुमा देउडा प्रस्तुत गर्दै लाखौं दर्सकहरुमाझ छुट्टै पहिचान बनाउदै आएका छन ।

New Deuda Song 2023/2079 | Meri iju (मेरी इजु )|JR Bhatta & Gauri Bhatta New Deuda Song 2023/2079

Thank you for watching ## Please Subscribe !!

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्